Saturday 25th of January 2020

मालपोत कार्यालय भैरहवाका कार्यालय सहयोगी पक्राउ

रूपन्देही । मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्