Tuesday 10th of December 2019

छोरा स्वीकार, जन्मदर्ता अस्वीकार

काठमाडौं । नरहरिनाथ गाउँपालिका–२ कोटबाडाका बिर्ख विष्ट र आमसरा दर्जीको छोरा रत्न विष्ट नौ वर्ष भइसक्दा पनि जन्मदर्ताको प्रमाणपत्र पाएका छैनन् । बाबु बिर्खले रत्नलाई दलित आमाबाट जन्मिएको भन्दै जन्मदर्ता बनाउन मानेका छैनन् । बिर्ख र आमसराबीच प्रेम सम्बन्धबाट ०७६७ सालमा रत्नको जन्म भएको थियो ।

विष्टले दलित आमाबाट बच्चा जन्मिएका कारण छोराको जन्मदार्ता बनाउन नमानेका स्थानीय प्रेम दजीले बताए । ‘पहिला प्रेम गर्न कुनै बच्चा जन्माउन जातले छेकेन, उनले भने,‘अहिले बच्चा भएपछि दलित भन्दै आफ्नो बच्चालाई नलिनु र जन्मदर्तासमेत नबनाउनु जातीय विभेद हो ।’ बिर्खले रत्न आफ्नै सन्तान भएको स्विकारिसकेका छन् ।

प्रेम सम्बन्धबाट सन्तान जन्मे पनि ९ भदौ ०६७ मा ६ वर्ष पुगेपछि आफ्नो कोटबाडा गाविसमका खम्म दर्जी र कुमालगाउँ महासिंह बुढाको रोहबरमा कागज गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्