Tuesday 23rd of July 2019

रिट्ठाको दानाः दम रोगदेखि माइग्रेनसम्म ठीक पार्छ…..

रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ । माइग्रेन माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् । यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ । दम दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो प–यो भने पनि खोकी लाग्न थाल्छ । पाँच ग्राम रिट्ठाको धूलोमा २५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ ।

दिनमा दुईतीनचोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ । दाँत दुखेको रिट्ठाका बिउलाई तावामा भुटेर त्यसबराबर फिटकिरी मिसाएर पिस्नुस् । अब यसलाई दाँतमा दल्नुस् । आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ । यस्तो हुँदा आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस् । दिनदिनै यो पानी पिउँदा आउँ ठीक हुन्छ । अनियमित रजस्वला यसका लागि रिट्ठाको धूलो दुई ग्राममा अलिकति मह मिसाएर खाँदा रजस्वला नियमित हुन्छ र यसबेलामा हुने पीडाबाट राहत प्राप्त हुन्छ ।

यो पनि पढ्नुहोस्ः के तपाईलाई थाहा छ ? मृत शरीरको नाक र कानमा किन कपास राखिन्छ – हामी अक्सर देख्छौँ कि जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसको नाक र कानमा कपास राखिन्छ। यस्तो किन गरिन्छ त ? के यसको पछाडी कुनै धार्मिक मान्यता तथा वैज्ञानिक तथ्य छ ? मृत शरीरको नाक र कानमा कपास राख्नुको पछाडी वैज्ञानिक तथ्य छ। वैज्ञानिक तथ्य अनुसार मृत शरीर भित्र कीटाणु छिर्नबाट रोक्नका लागि नाक र कान कपासले बन्द गरिन्छ। यस बाहेक मृत शरीरको नाकबाट एक तरल पदार्थ बग्छ जसलाई रोक्नका लागि कपासको प्रयोग गरिन्छ।

अर्को कारण धार्मिक ग्रन्थसँग जोडिएको छ। हिन्दु ग्रन्थ गरुन पुराण अनुसार मृत शरीरको खुल्ला हिस्साहरुमा सुनको टुक्रा राखिन्छ, जसलाई शरीरको नौ अंगहरुमा राखिन्छ । सुनको टुक्रा धेरै पवित्र हुन्छ, यसलाई मृत शरीरमा राख्दा देहको आत्माले शान्ति मिल्ने विश्वास गरिन्छ। तर नाक र कानको प्वाल ठुलो हुने भएकोले त्यसमा राखिएको सुनको टुक्रालाई खस्नबाट जोगाउन नाक र कानमा कपास राखिन्छ।

प्रतिक्रिया दिनुहोस्