Thursday 23rd of January 2020

प्रधानमन्त्री र राष्ट्रपतिको फोटो जोडेर अश्लील स्टाटस राख्ने पक्राउ

काठमाडौं । सरकारले पछिल्लो समय सामाजिक सञ्जाललाई सभ्य बनाउँन थालेको छ । आपत्तिजनक तस्वीर वा टिप्पणी गर्नेहरु प्रहरी नियन्त्रणमा आउँन थालेका छन् ।

यो बिचमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक कुरा फैलाउने एकजना प्रकाउ परेका छन् । प्रकाउ परेका व्यक्ति प्रधाननाध्यापक भएको खुल्न आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीर अतिरन्जित गर्ने व्यक्ति सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

अपराध महाशाखाले प्रक्राउ गर्ने आदेश दिएपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्