Sunday 8th of December 2019

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । आर्थिक वर्ष २०७६र०७७ को वार्षिक नीति तथा कार्यक्रम सँसदमा बहुमतले पारित भएको छ ।

सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस यसको विपक्षमा मतदान गरेको थियो ।

सरकारको नीति तथा कार्यक्रम गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा पेश गरेकी थिइन् ।

अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारिएको थियो । यसपटक पनि अघिल्लो वर्षजस्तै सर्वसम्मत गराउन प्रधानमन्त्री ओलीले आह्वान गरेपनि प्रमुख प्रतिपक्षी काँग्रेसले विपक्षमा मतदान गरेको हो ।

संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्रीसँग रुष्ट बनेको काँग्रेसले सदन अवरोध गरेको थियो । तर, सभामुख महराले अवरोधकाबीच पनि संसद सञ्चालन गरेका थिए ।

संसदको अर्को बैठक २७ गते सम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्