Tuesday 23rd of July 2019

बलिउडमा डेब्यु गर्दै मानुषी छिल्लर

एजेन्सी । सन् २०१७मा मिस वर्ल्ड ताज जितेकी मानुषी छिल्लरले पृथ्वीराज चौहानको बायोपिकबाट बलिउडमा डेब्यु गर्ने भएकी छन ।

मिडिया रिपोर्टका अनुसार मानुषी छिल्लर र अभिनेता अक्षय कुमार पृथ्वीराज चौहानको बायोपिकमा सँगै देखिने भएका छन् । यो फिल्मलाई यशराज फिल्मसले निर्माण गर्दैछ ।

यस ऐतिहासिक ड्रामालाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्ने भएका छन् । मानुषीले फिल्ममा संयुक्त भूमिका निभाउनेछन् । आदित्य चोपडालाई मानुषीको स्क्रिन प्रेजेन्टेशन राम्रो लाग्ने बताइएको छ ।

अहिलेको समयमा मानुषी बलिउड डेब्युमा ब्यस्त छन् । उनले एक्टिङ र डान्स वर्कसपमा पनि सहभागिता जनाईरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्