Tuesday 17th of September 2019

राससमा दलाई लामा तनाव: राष्ट्रपतिको चीन भ्रमणमा झस्का

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको चीनको राजकीय भ्रमणका क्रममा राससले प्रकाशन÷प्रशारण गरेको दलाई लामा सम्बन्धी समाचारलाई लिएर चिनिया कूटनीतिक, राजनीतिक ब्यक्तिहरुबीच खैलाबैला नै मच्चिएको खबर छ । राष्ट्रपति विद्या भण्डारी चीन भ्रमण रहेर नेपाल राष्ट्रका लागि महत्वपूर्ण सन्धिमा हस्ताक्षर हुने क्रममा दलाई लामा सम्बन्धी समाचार राससबाटै कसरी प्रसारण भयो भन्ने सम्बन्धमा राससमा व्यापक खोजी भइरहेको बताइन्छ ।

राससको उक्त समाचारलाई लिएर कूटनीतिक क्षेत्रमा अनेक तर्कनहरु उठ्ने गरेको बताइन्छ । तिब्बत र दलाई लामाका सम्बन्धमा अत्यन्तै संवेदनशील चिनिया पक्ष नेपाल र चीनबीच ऐतिहासिक सन्धि हुने पूर्वसन्ध्यामा कतै नियोजित रुपमै त उक्त समाचार राससबाट बाहिरिएको होइन भन्ने प्रश्न खडा भएको स्रँेत बताउछ । रासस अंग्रेजी डेस्कबाट उत्पादन(अनुवाद) भएको त होइन ? यिनै प्रश्नको निक्र्योल गर्नका लागि राससको अंग्रेजी डेस्कमा कार्यरत तीनजना पत्रकार श्रीमती मोहिनी रिसाल, सोमनाथ लामिछाने र जीवन भण्डारीलाई रासस व्यवस्थापनले स्पष्टीकरण सोध्ने तयारी समेत गरिरहेको समाचार छ ।

राष्ट्रपतिको चीन भ्रमणका क्रमका पारवहन तथा यातायातलगायतका प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रमलाई नै उक्त समाचारले प्रभावित पार्न खोजेको त होइन भन्ने आशंका पैदा गराएको संचार तथा सूचना प्रविधि मन्त्रालय स्रँेत बताउछ । नेपाल चीनबीच पारवहन तथा यातायात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम सोही समाचारका कारण २०७६ वैशाख १५ गते हुनुपर्नेमा एक दिन पछि सरेर वैशाख १६ गते भएको त होइन ? कूटनीतिज्ञहरुबीच समेत चर्चा चलेको बताइन्छ । त्यसले भ्रमण तालिकालाई मात्र होइन, काठमाडौंस्थित चिनिया“ कूटनीतिक क्षेत्रलाई समेत राम्रै गरी तरंगित पारेको स्रोतको भनाइ छ ।

चीन सरकारको बुझाई पछिल्ला दिनमा नेपालको राजनीति भारतभन्दा पनि पश्चिमा प्रभावमा विस्तारित भइरहेको विश्लेषणमा छ । त्यसको छनक दिनेगरी राष्ट्रपति चीन भ्रमणमा भएको बेला विना सन्दर्भ चीनविरुद्धको गतिविधिमा संलग्न दलाई लामाको फोटो वितरण हुनु आफैमा गम्भीर थियो । चीननिकट कूटनीतिज्ञहरुको बुझाईमा यो घटना सुनियोजित भएको हो ।

नेपालको नागरिक समाज, मिडियामा पश्चिमा प्रभाव निकै बलियो रहेको बुझेको चीनले यो घटनालाई गम्भीर रुपमा लिएका एक कूटनीतिज्ञको भनाइ छ । चीननिकट ती कूटनीतिज्ञको भनाइमा त्यसको प्रतिक्रियास्वरुप राष्ट्रपति भण्डारीसमक्ष चिनिया पक्षले तिब्बतको कुरा उठाएको थियो । नेपालस्थित चिनिया दूतावासले पनि त्यसको प्रतिक्रिया दिने ती कूटनीतिज्ञ दाबी गर्छन् ।

आखिर कूटनीतिक क्षेत्रसहित राष्ट्रपतिको राजकीय भ्रमण तालिका नै प्रभावित पार्ने उक्त समाचार के थियो त ? जिज्ञासाको विषय हुन सक्छ । रासस/एएनआईको हवाला दिएर प्रसारण भएको समाचार, –भारत, वैशाख १४ को डेटलाइन रहेको उक्त समाचारमा लेखिएको छ, ‘लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका तिब्बतका धार्मिक नेता दलाई लामा निको भएर धर्मशाला फर्किएका छन् ।’’

‘‘नया“ दिल्लीस्थित एउटा निजी अस्पतालमा भर्ना भएकामा लामा वैशाख १३ गते शुक्रबार आफ्नै निवासमा फर्किएको उनका सहयोगीहरूले जनाएका छन् । छातीमा संक्रमण भएर असहज महसुस गरेपछि यही अप्रिल ७ तारिखका दिन लामालाई अस्पताल भर्ना गरिएको थियो ।’’

‘‘अस्पतालबाट बाहिने क्रममा उनले संचारकर्मीस“ग भने, ‘म पूर्णरूपमा स्वस्थ भएको छु, मलाई अब कुनै रोगको समस्या छैन, बिरामी हुन केही समस्या भएको थियो तर अहिले पूरै स्वस्थ भएको छु ।’ सन् १९८९ मा नोबेल शान्ति पुरस्कार पाएका लामा लामो समयदेखि भारतमा बस्दै आएका छन् ।’’
साँघु

प्रतिक्रिया दिनुहोस्