Sunday 19th of May 2019

सारिका र योगेशको ‘ऐसेलुको पात’

[mashshare]

काठमाडौं । अभिनेत्री तथा गायिका सारिका घिमिरे र गायक योगेशकाजीको स्वर रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अभिनेत्री सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियुलाई फिचर्ड गरिएको छ । विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायांकन तथा विष्णु खड्काको सम्पादन रहेको छ । गीतको भिडियोलाई एस इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

अभिनय सँगसँगै गायनमा आफूलाई समेत चिनिएकी सारिकाको स्वरमा यसअघि केही गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्