Tuesday 23rd of July 2019

विश्वविद्यालयमा राजनीतिक नेतृत्व हाबी

काठमाडौँ । विश्वविद्यालयहरूमा प्रधानमन्त्री र शिक्षामन्त्रीको भूमिका थप शक्तिशाली हुने गरी ऐन संशोधन प्रक्रिया अघि बढेको छ ।

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पास भए विश्वविद्यालयका कुलपति प्रधानमन्त्री र सहकुलपति रहने शिक्षामन्त्री पदाधिकारी नियुक्ति र फेरबदलमा थप शक्तिशाली हुनेछन् ।

शिक्षा मन्त्रालयले हिउँदे अधिवेशनमा संसद्मा दर्ता गराएको संशोधन विधेयक बुधबार राष्ट्रिय सभामा पेस गरिएको हो । संसद्को चालु अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ ।

विधेयकमा उल्लेख भएअनुसार कुलपति र सहकुलपतिले आवश्यकताअनुसार विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र निर्देशन दिन सक्नेछन् । यसअघि निरीक्षण र जाँचबुझ गर्न सक्ने व्यवस्था रहेकामा संशोधित विधेयकमा ‘निर्देशन दिन’ सक्ने प्रावधान थपिएको हो ।

प्रतिक्रिया दिनुहोस्