Sunday 19th of May 2019

पटक-पटक आतंककारी बन्नु पर्दाको पीडा, चिनारी नै संकटमा

[mashshare]

काठमाडौं । अभिनयको सिलसिलामा धेरै यात्रा गरें मैले । विमानस्थल पानी–पँधेरो हुँदै गयो बिस्तारै । तर, कालान्तरको परिणाम भने सुखद रहेन । म अभिनय गर्ने मान्छे ।

पाकिस्तानि मूलका परिवारको सांस्कृतिक अपेक्षा वा दिग्भ्रमित एसियाली आप्रवासी जिन्दगी वा निजी विद्यालयको तनाव– किशोर वेलादेखि नै यस्ता नानाभाँती परिवेशमा हुर्किएँ । आम रूपमा एसियालीलाई हेर्ने साँघुरो सोचले होला, युरोपेली समाजमा मलाई धेरै अप्ठ्यारो महसुस हुन थाल्यो । फैलँदै गरेको मेरो बहुआयामिक चिनारी नै संकटमा परे जस्तो लाग्न थाल्यो ।

सन् १९८० ताकाको एउटा घटना सम्झन्छु । सानै थिएँ । एकदिन दाइसँगै घर फर्कँदै थिएँ । घरनजिकै पुग्न लागेथ्यौँ हामी, एक्कासी एक जना गोराले हाम्रो बाटो छेक्यो । ऊ थियो खुंखार रंगभेदी । उसले दाइको गर्धनमा चक्कु तेस्र्यायो, हामी कालोनीलो भयौँ ।

एक दशकपछि एउटा ‘पाकी’ले उसैगरी मेरो गर्धनमा चक्कु तेस्र्यायो । ‘पाकी’ सन् ९० तिरको चल्तीको शब्द हो– फूर्तिफार्ती र हुलदंगा गर्ने एसियाली मूलका बेलायती युवा र अपराधी समूहलाई लक्षित गरी प्रयोगमा ल्याइएको ।

म नराम्ररी फसेको चाहिँ बेलायतकै लुटन विमानस्थलमा हो । मेरो हातमा हतकडी थियो, पाखुरा टनटन दुख्दै थियो । बेलायती गुप्तचर अधिकारीले मलाई नियन्त्रणमा लिइसकेका थिए । ‘नाइन इलेभन’ पछिको समय थियो । मलाई मुसलमान भएको कारण समातिएको रहेछ ।

प्रतिक्रिया दिनुहोस्