Tuesday 23rd of July 2019

भिनाजुसँगकाे प्रेम सम्बन्ध जाेगाउन पतिको हत्या

काठमाडौं । बुटवल मैनावगर बस्दै आएका फिरोज खानको जीवनमा सुखै थियो ।
करिब २० वर्षअघि भारतको विहारबाट नेपालमा रोजगारीका लागि पसेका उनी गाडीमा सुनौला रङ भर्थे । उनी ज्योति इन्जिनियरिङका हेड मिस्त्री थिए । बुटवल आएपछि उनले साहिन खातुनसँग विवाह गरे । दुई छोरा रहिन र राहेश जन्मे ।

चैत १२ गते फिरोजका लागि सधैजस्तै रहेन । घरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर साढु दाई (श्रीमतीका भिनाजु) आएका थिए । फिरोज गढी टोलमा भाडामा लिएको घरमा छोराहरुसँग उनी बस्थे । उनी काम सकेर घर फर्किए । तर घरभित्र पस्नै नपाई पछाडीबाट कसैले गोली चलायो । फिरोज भुईमा ढले । छोराहरु चिच्याउदै बाहिर निस्किए । छिमेकीको जमघट भयो । तर भारतीय नम्बर प्लेटको मोटरसाइकल गायव भइसकेको थियो । अस्पताल नपुग्दै प्राण त्यागेका फिरोजलाई लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरे ।

उनको हत्या कसरी भयो भन्ने अनुमान लगाउन प्रहरीले ढिला गरेन । उनकै श्रीमती साहिनप्रति लख् काट्यो । अनुसन्धानमा प्रमाण समेत फेला प¥यो । श्रीमतीसँग कहिल्यै झगडा नगरेका फिरोज तिनै श्रीमतीबाटै मारिए । कारण थियो, साहिन र उनको भिनाजु कादीर अन्सारीबीच प्रेम ।

प्रतिक्रिया दिनुहोस्