Tuesday 23rd of July 2019

फिल्म खेल्दै मानुषी

मुम्बई । मिस वल्र्ड २०१७ मानुषी छिल्लर बलिउड अभिनेता अक्षयकुमारको जोडीका रूपमा पर्दामा देखिने भएकी छन् । मानुषीले अक्षयकुमारको जोडी बनेर एक बायोपिक सिनेमाबाट डेब्यु गर्ने तयारीमा छन् ।

उनीहरू भारतको ऐतिहासिक योद्धा पृथ्वीराज चौहानको बायोपिकमा सँगै काम गर्न लागेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्ने सो चलचित्रलाई यशराज फिल्मसले निर्माण गर्ने जनाइएको छ ।

चलचित्रमा मानुषीले राजकुमारी संयुक्ताको भूमिका निर्वाह गर्ने बताइएको छ । पछिल्लो समय उनी सो चलचित्रको तयारीका लागि नृत्य तथा अभिनयको प्रशिक्षण लिइरहेकी छन् । केही समयअघि उनले समय एक फोटो सुटका कारण मानुषी चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्