Friday 3rd of April 2020

दाजुबाटै बलात्कृत

काठमाडौं । नाताले बहिनी पर्ने बालिकामाथि एक युवकले बलात्कार गरेका छन् । बलात्कार अभियोगमा तनहुँको घिरिङ – ४ गड्यौलीका २५ वर्षीय माधव कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा साना बालबालिकाको हेरचाहसँगै पढाउनका लागि भनेर दुई वर्षदेखि राखिएकी १२ बर्षीया बहिनीमाथि कुमालले बलात्कार गरेका हुन् ।

कुमालले मंगलबार राति बालिकालाई बलात्कार गरेका थिए । दुई दिनसम्म बालिका विद्यालय जान नसकेपछि परिवारले खोजी गरेका थिए । तेश्रो दिन विद्यालय जाँदा पनि उनि बिरामी देखिएपछि सोध्ने क्रममा आफुमाथि भएको घटनाबारे बालिकाले जानकारी दिएको आमाले बताइन् ।

बालिकाकी आमाले साधेपछि कुमालले बलात्कार गरेको स्विकारेका छन् । मेलमिलापका लागि छलफल भएपनि आफन्तले नमानेका कारण कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्