Tuesday 23rd of July 2019

गर्मीमा लस्सी एक उपयुक्त पेय, घरमै यसरी बनाउनुहोस् –

काठमाडौँ । गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै जान्छ । दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैको रोजाइमा पर्दछ ।

अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ ।

बनाउने तरिका –

गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ तर दहीमा मिसाएर लस्सी बनाएर खाँदा फाइदा गर्मी कम हुनको साथै फाइदा पनि हुन्छ । लस्सी बनाउन आवश्यकता अनुसार आँप, ताजा दही, पास्ता, शख्खर आदि चाहिन्छ।

सबैभन्दा पहिला आँपको बोक्रा फालि आँपलाई मसिनो टुक्रामा काटने । त्यसपछि आँपलाई मिक्सरमा राखी आवश्यकता अनुसार दही, शख्खर र पास्ताका टुक्रा राख्ने । चाहिने जति चिसो बरफ राखेर मिक्सरमा त्यसलाई फिट्ने । त्यसपछि लसी तयार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्