Sunday 19th of May 2019

‘साइनो’ २४ साउनमा

[mashshare]

काठमाडौं । चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाले निर्देशन गरेको चलचित्र ‘साइनो’ को प्रदर्शन मिति सरेको छ । आगामी २४ साउनका लागि प्रदर्शन मिति तय गरिएको यो चलचित्र नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेकी हुन् ।

डबिङ, कलरिङ, मिक्सिङ लगायतका प्राविधिक काम नसकिएकाले चलचित्रको प्रदर्शन मिति सारिएको निर्देशक थापाले जानकारी दिए । यसअघि १० जेठमा चलचित्र प्रदर्शन गर्ने तयारी निर्माण पक्षले गरेको थियो ।

यो चलचित्रमा अभिनेत्री नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, वसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतका कलाकारको अभिनय छ ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको छ । चलचित्रको एउटा गीत रिलिज गरिसकिएको छ । यो चलचित्रको अर्को नयाँ गीत चाँडै नै दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माता भुवन थापा चन्दले जानकारी दिइन् । चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्