Thursday 19th of September 2019

१३ देशको संयुक्त सैन्य अभ्यास नेपालमा, अमेरिकाले नेतृत्व गर्दै

काठमाडौं । अमेरिकाले नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने भएको छ ।

नेपाली सेनाका अनुसार विपतका बेला गर्ने उद्धारसम्बन्धी संयुक्त तालिमका लागि अमेरिकी सैन्य नेतृत्व केही दिनमा नेपाल आउँदैछ ।

तालिममा अमेरिकाका अतिरिक्त बेलायत, क्यानडा, थाइल्याण्ड, जापान, मंगोलिया, माल्दिभ्स, भारत, श्रीलंका, बंगलादेश, इजरायल, चीन र पाकिस्तान सहभागी हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्