Tuesday 25th of June 2019

नेपाली सेनाका जर्नेल, कर्नेलका घरघरबाट ‘अर्दली’हरु फिर्ता गर्न निर्देशन

काठमाडौं । नेपाली सेनाका जर्नेल, कर्नेलहरुले तल्लो तहको जनशक्ति दुरुपयोग गर्ने गरेको विगतदेखिको परम्परा नै हो । रकारी मानो, तलब खाएर हाकिमहरुको घरघरमा सेनाका तल्लो तहमा कार्यरत जवानहरू निजी काममा खटिनु परिरहेको छ । उनीहरुले लामो समयदेखि गुनासो पनि गर्दै आएका छन् ।

सेनाका अधिकृतहरुको घरहरुमा नियमविपरीत सहयोगी(अर्दली)हरु ठूलो संख्यामा राख्ने गरिएको छ । सेनाका अधिकारीहरूको घरमा बाध्यतावस घरेलु कामदारका रुपमा खटिदै आएकाहरुले ‘रानीसा’ब, मैयाँ महारानी, सानुराजाहरुको स्याहारसुसार पनि गर्नै पर्छ । यसका साथै सेनाका कर्णेल, जर्नेलहरुको घरमा खाना बनाउने, भा“डा माझ्ने, बस्तुभाउ हेर्ने, लुगा धुने, सरसफाई आदि काममा रातदिन खटिनु पर्छ ।

सेनाभित्र धेरै गुनासोको रुपमा रहेको अर्दलीहरु राख्ने परम्परालाई वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले सुधार गर्ने भएका छन् । प्रधानसेनापतिमा थापाको नियुक्तिस“गै नेपाली सेनामा विगतदेखि रह“दै आएका यस खाले विकृति–विसंगतिमा सुधार ल्याई समग्र संगठनलाई सुधार गर्ने योजना अघि सारिएको स्रोतको भनाइ छ ।

थापाको प्रधानसेनापतिमा नियुक्ति २०७५ भदौ २४ गते भएको थियो । स्रोतका अनुसार, प्रधानसेनापति थापाले नेपाली सेनाको जनशक्ति व्यवस्थापन (मूलतः भर्ना, सरुवा र बढुवालगायत)का विभागीय कामकारबाहीहरूलाई नियमित र पारदर्शी बनाउने प्रतिबद्धता अनुसार, प्रयास सुरु गरेको स्रोत बताउछ ।

सेनाका बहालवाला र भूतपूर्व पदाधिकारीहरूस“ग अहिले पनि सहयोगी स्तरका १ हजार ८ सय जनशक्ति घरेलु कार्यमा संलग्न रहेको सैनिक स्रोत बताउछ । आर्मी चीफको संगठनका अधिकृतहरुको घरघरमा खटिएका सहयोगी(अर्दली)को ब्यवस्थामा क्रमशः सुधार ल्याउने प्रयासको पहिलो चरण आगामी २०७६ साउन १ गतेदेखि कार्यान्वयन हुने स्रोत बताउछ ।

यससंगै बहालवाला प्रमुख सेनानी, सैनिक अधिकारीहरूको घरमा घरेलु कामदारका रूपमा रहेका सहयोगी स्तरका जनशक्ति कटौती गरिन लागिएको स्रोतको भनाइ छ ।

यो निर्णय कार्यान्वयनमा आउने बित्तिकै करीब १ हजार २ सय सहयोगी स्तरको जनशक्ति आर्मी हेडक्वार्टरमा फिर्ता हुने बताइएको छ । संगठन सुधारको कार्ययोजना कार्यान्वयनमा आउने निर्णयसंगै दीर्घकालीनरूपमा महारथीले ६ जना र रथीले ४ जना सैन्य सहयोगी जनशक्ति मात्र पाउने गरी नीतिगत व्यवस्था गरिन लागिएको स्रोतको भनाइ छ ।

बहालवाला सैनिक अधिकारीहरूले कार्यालयको काममा १ जना सवारी चालक र घरमा १ जना सहयोगी पाउने प्रावधान छ । तर, शक्तिको प्रभावका आधारमा उनीहरूले घरेलु कामका लागि थप सवारी चालक र दर्जनौ सहयोगी(अर्दली)हरू लिँदै आएका छन् ।

कतिसम्म भने हाल सुरक्षा चुनौतीका बहानामा पूर्व प्रधानसेनापति रुक्मांगत कटवालले त एक गुल्म बराबर सैन्य सहयोगी जनशक्ति लिएर ब्यारेकजस्तै बनाएको उदाहरण समेत छ । अब भने यस्तो प्रवृत्तिमा रोकथाम हुने आशा सेनाभित्र पलाएको छ ।

पूर्व प्रधानसेनापति(महारथी)ले ६ जना र रथीले चार जना सैनिक सहयोगी पाउने छन् । यो ब्यवस्था दश वर्षभित्रै क्रमशः लागू गर्दै जाने तयारी नेपाली सेनाले तयार गरेको सुधार योजनामा पारिएको स्रोत बताउछ ।

(साँघु साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस्