Tuesday 25th of June 2019

२५ रुपैयाँमै पेटभरी दालभात !

काठमाडौं । २५ रुपैयाँमा खाना सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् ।

भैरहवाको व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवी च्यारिटेबल फाउण्डेसनअन्र्तगतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् ।
मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाकाहारी खाना निम्त आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन् ।

‘२५ रुपैयाँमा निम्न आय वर्गलाई खाना खुवाउने हाम्रो उद्देश्य हो’ उनले भने,‘तर निम्न वर्गका लागि मात्रै नभइ २५ रुपैयाँमा हामीले सबै वर्गलाई खाना खुवाउने छौँ । ’

विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने छ ।

प्रतिक्रिया दिनुहोस्