Tuesday 23rd of July 2019

खिम्हे शहरमा खुल्ला एकल नृत्य प्रतियोगिता सम्पन्न

दक्षिण कोरिय । “सयथरी बाजा एउटै ताल।। सयथरी गोडा एउटै चाल” भन्ने मूल नाराका साथ गिम्हे सिस्टरहुडले गत आइतबार मे १२ का दिन दक्षिण कोरियाको खिम्हे शहरमा खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ।नव वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथसाथै नयाँ प्रतिभाको खोजी गर्दै सबै नेपालीहरू बिचको ऐक्यबध्दतालाई अझ बलियो पार्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो।

प्रतियोगितामा जम्मा १५ जना प्रतिष्पर्धीले भाग लिएका थिए । सिस्टरहुडकी अध्यक्ष सुजाता बस्नेतको सभापतित्वमा आयोजित उक्त कायक्रममा प्रमुख आतिथ्य एन।आर।एन।ए एशिया प्यासिफिक क्षेत्रिय महिला संयोजक जुनु गुरूङ्ले गर्नुभएको थियो।कार्यक्रममा उल्लेखिय मात्रामा दर्शकहरूको उपस्थिती थियो। २ राउण्ड सम्म भएको जोडदार प्रतिष्पर्धामा विभिन्न संघ संस्थाहरूको प्रतिनिधित्व गर्दै आएका सहभागीहरू मध्ये जुलिफा तामाङ्९तामाङ् समाज०ले उत्कृष्ट नृत्य प्रदर्शन गरी प्रथम स्थान,सुजाता लामा९स्याङ्जा समाज० द्वितिय र रामु मगर९मगर संघ० ले तेश्रो पुरस्कार हात पारेका थिए।उक्त कार्यक्रममा चार जना निर्णायक मण्डल रहनुभएको थियो । जसमध्ये बिरेन्द्र नौभाग्य(डान्सररमोडलरम्यूजिक भिडियो निर्देशक), सन्जीव राई (मोडल) म्यूजिक भिडियो निर्देशक, कर्ण गुरूङ्ग९ डान्सर तथा साँस्कृतिक विभाग प्रमुख, गुरूङ्ग समाज ०र आयोजक टिमका तर्फबाट डान्सर नानुमाया तामाङ्ग रहनुभएको थियो।

उत्कृष्ट तीनलाई क्रमश:३०००००,२००००० र १००००० वन नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।समग्रमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।

२०१८ मा स्थापना भएको यस संस्थाले विदेशी भूमिमा रहेर पनि नेपाली कला र संस्कृतीलाई जगेर्ना गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाँधी राख्ने मूल उद्देश्य राखेको छ। विशेषतस् अरू क्षेत्रिय, जातिय वा राजनैतिक संघ संस्थाभन्दा केही भिन्नै प्रकृतिको र कुनै भेदभाव नराखी सबै महिलाहरूलाई समेटेर स्थापना भएको सिस्टरहुडले नयाँ सोचका साथमा नेपाली संस्कृतिलाई बढावा दिंदै भविष्यमा पनि विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुने योजना रहेको सिस्टरहुडकी अध्यक्ष सुजाता बस्नेतले बताउनुभयो।