Monday 20th of January 2020

सिसा मिसावट खाना खादा १० जना बिरामी, दुइ सिकीस्त

पाँचथर । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा दुइ आरुबोटेमा सिसा मिसावट खाना खाएर आठ जना बिरामी भएकाछन् भने दुइजना सिकिस्त बिरामीछन् । २२ बर्षिय लक्षीमी लिम्बु र मनीसा नेपाली सिकिस्त बिरामी भएकाछन् ।

त्यसैगरि १९ बर्षिय जस्मीना सेर्मा, १९ बर्षिय सोना कुरुम्बाङ, ९ बर्षिय मुना सेर्मा, १७ बर्षिय मेनुका दास, १३ बर्षिय युहाना सेर्मा र मन कुमारी लिम्बु बिरामी भएका हुन । उनीहरुको पाँचथर जिल्ला अस्पताल र मसर्पित हस्पीटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुले बिहिबार खाएका थिए । आजमात्र त्यसको असर देखापरेपछि उपचारकालागि उनीहरुलाई सदरमुका फिदिम बजारमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्