Thursday 19th of September 2019

घट्याे पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राख्दै नेपालल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य भने घटाएको हो ।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १ – १ रुपैयाँ मूल्य घटाइएको हो । यो नियम जेठ ३ गते शुक्रबार राति १२ बजेपछि लागू हुनेगरि घटाइएको हो ।

काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरीएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्