Saturday 21st of September 2019

अर्थ समितिमा ‘कोरम’को सकस, सरकारलाई २२ बुँदे सुझाव

काठमाडौं । बजेटबारे पूर्व छलफल सकेर अन्तिम प्रतिवेदन बुझाउन आयोजित अर्थ समिति बैठक सदस्यको गणपुरक संंख्या (कोरम) नपुग्दा तेस्रो प्रयासमा मात्र बस्न सफल भयो । शनिबार आयोजित बैठकमा सदस्यहरु उपस्थित नभएपछि तेस्रो प्रयासमा मात्र बस्यो । दुई बजे आयोजित बैठक समिति सभापति कृष्ण प्रसाद दाहालले दुई पटक १०/१० मिनेट स्थगित गरेका थिए ।

समितिले वैशाख पहिलो सातादेखी देशका विभिन्न ११ स्थानमा पुर्वबजेट छलफल गरेको थियो । छलफलका आधारमा २२ बुदे सुझाव दिइएको छ । बजेट आउनै लागेको बेला सार्वजनिक यो प्रतिवेदनमा आयोजना व्यवस्थापन, कृषि उत्पादन, राजस्व प्रशासनलगायत क्षेत्रका सुझाव समेटिएको समिति सदस्य सुरेन्ऽ पान्डेले जानकारी दिए ।प्रारम्भिक प्रतिवेदन अर्थमन्त्री र योजना आयोगमा पठाइसकेका कारण प्रतिवेदनका सुझाव समेटिने अपेक्षा गरिएको सभापति कृष्ण दाहालले उल्लेख गरे ।

समितिले सरकारलाई सार्वजनिक खरिद कानुन, बजेट व्यवस्थापन, आयोजना व्यवस्थापन, कृषि रुपान्तरण, उद्योग प्रवर्द्धन, पुर्वाधार विकास, अनुदान र राजस्व बााडफाट, भ्रष्टाचार नियन्त्रण, वित्तीय शुसासन, सेवा प्रवाह, रोजगारी सिर्जना र स्रम व्यवस्थापन, स्थानीय सरकारको क्षमता विकासलगायत क्षेत्रमा सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्