Tuesday 25th of June 2019

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुईको अवस्था गम्भीर

झापा । झापामा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । त्यस्तैगरी दुईजना गम्भीर घाईते भएका छन् । दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मेचीनगर–१४ दुवागढीका ४१ वर्षीय अर्जुन सुनुवारको मृत्यु भएको हो ।

घाइते हुनेमा इलाम देउमाई नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर मगर र सवार सुनसरीको इटहरीकी एक महिला रहेकी छन् । घाईते दुवै जनाको झापामै उपचार भइरहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
सुनुवारको भने शनिबार नै उपचारकाे क्रममा मृत्यु भएको हाे ।

प्रतिक्रिया दिनुहोस्