Tuesday 25th of June 2019

चोरीको भिडियो हुँदा हुँदै पनि चोरलाई समात्न सक्दैन प्रहरी !

काठमाडौं । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा. राज्य खड्काको महत्वपूर्ण सामानसहितको झोला बैशाख १४ गते बौद्धबाट चोरी भयो । गोकर्णेश्वर यातायातको २५६८ नम्बरको बसमा साँखुबाट रत्नपार्क जानेक्रममा बौद्ध क्षेत्रमा आउँदा उनको ब्याग थियो । तर हेर्दा हेर्दै एक व्यक्ति उनको झोला बोकेर भाग्छन् । उक्त दृश्य सीसी क्यामेरामा कैद हुन्छ ।

सीसीटिभी फुटेजमा चोरले उनको झोला बाकेर भित्री गल्ली–गल्ली भागेको दृश्य छ । डा. खड्काका बाबु मधुसुधन खड्काका अनुसार झोला भित्र महत्वपूर्ण कागजातसहित ल्यापटप, क्यामरा र हार्ड ड्राइभ थियो । उनका अनुसार चोरी भएकै दिन गाडी नम्बरसहित बौद्ध प्रहरीमा उजुरी गर्न जाँदा प्रहरीले उजुरी लिन नमानेपछि भोलिपल्ट मात्रै उजुरी दर्ता भएको थियो ।

यसपछि सवारी चालक र सहचालकलाई बोलाएर सोधपुछ बाहेक थप केही नभएको खड्का बताउछन् । उनकी छोरीसँग दुई ओटा झोला भएपछि सहचालकले आँफै मागेर गाडीको ¥याकमा राखिदिएका थिए । खड्का फोनमा बोल्दै गर्दा एक व्यक्तिले उनको ब्याग लिएर टाप कसे । तत्कालै चोरलाई पिछा गरेपनि एकै छिन् चोर गाएब भयो ।

सीसीटिभी फुटेजमा चोरको हुलिया स्पष्ट देखिँदा पनि चोरी भएको २ सातासम्म पनि चोर पत्ता लागेको छैन । यो घटना प्रतिनिधि पात्र मात्रै हो । यस्तै घटनालाई मध्यनजर गर्दै चोक–चोकमा राखिएका सीसी क्यामेरामा कैद भएको चोर समेत पक्राउ नपर्नुले सुरक्षामा गम्भीर चुनौती देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्