Tuesday 25th of June 2019

रुपन्देहीको सालझण्डीमा रक्ताम्य अवस्थामा शव फेला

बुटवल । रुपन्देहीको सालझण्डीमा रक्ताम्य अवस्थामा पुरुषको शव फेला परेको छ । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शव रक्ताम्य अवस्थामा फेला परेको हो । शव पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकै भेटिएको हो ।

अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शब भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरेर फालिएको जस्तो देखिएको उक्त शवको पहिचान नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्