Saturday 21st of September 2019

१० न्यायाधीश बेरोजगार

काठमाडौं । उच्च अदालत र जिल्ला अदालतका १० न्यायाधीश तीन महिनादेखि बेरोजगार बनेका छन् । न्याय सम्पादनमा गम्भीर त्रुटि देखिएको भन्दै जिम्मेवारी खोसिएका ती न्यायाधीशलाई छानबिनका लागि न्यायपरिषद्मा तानिएको थियो ।

प्रधानन्यायाधीशको सूक्ष्म निगरानीअन्तर्गत सुन तस्करी काण्डदेखि ठगी मुद्दाको फैसलामा न्यायिक विचलन देखिएको भन्दै उनीहरूलाई न्यायपरिषद् सचिवालय तानिएको थियो ।

न्यायपालिकाको विकृति अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उनीहरूलाई काजमा तानेका थिए । तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्यायले गरेको न्याय सम्पादनमा गम्भीर त्रुटि भेटिएको भन्दै माघ पहिलो साता उनलाई स्पष्टीकरण सोधिएको थियो ।

साथै, उनको शैक्षिक प्रमाणपत्रको विषयमा पनि छानबिन भएपछि कारबाही पर्ने डरले उनले पदबाट राजीनामा दिइसकेका छन् ।