Thursday 23rd of January 2020

सिरहामा एक महिला घरमै मृत फेला, श्रीमान प्रहरी नियन्त्रणमा

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका बस्तीपुरमा एक महिला घरमा मृत फेला परेकी छन् । बस्तीपुरका चन्देश्वर यादवकी पत्नी करिब २९ वर्षीया रीतुदेवी यादव मंगलबार अपराह्न घरमा मृत फेला परेकी हुन् ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाले सोधपुछका लागि पति चन्देश्वरलाई नियन्त्रणमा लिएको छ । छ वर्षीया छोरीकी आमा रीतुदेवीको पतिसँगको विवाद वा झैझगडाको विषयमा भने अहिलेसम्म केही कुरा नखुलेको पहरीले जनाएको छ । चन्देश्वर केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए।

रीतुदेवीको करिब ६ वर्षीया छोरीसमेत रहेकी छन् । रीतुदेवीको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसामद स्मारक अस्पतालमा राखिएको छ। रिपोर्टपछि मृत्युको कारण थाहाहुने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्