Thursday 14th of November 2019

भारतमा लोकसभा निर्वाचन मतगणनाको नतिजा अन्तिम

एजेन्सी । भारतमा भएको लोकसभा निर्वाचनको अन्तिम मतगणनाको नतिजा घोषणा भएको छ । सबैभन्दा बढी बहुमत लिएर भारतीय जनता पार्टी विजयाी भएको छ । भारतमा तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनमा सत्तारूढ भारजपाले स्पष्ट बहुमत पाएको हो।

कुल ५४३ लोकसभामा भाजपाले ३०३ निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने कांग्रेस ५२ मै सिमित रह्यो । यसो हुँदा भाजपाको गठबन्धनले ३५० क्षेत्रमा जित हात पारेको छ ।

एप्रिल ११ देखि मे १९ सम्म मतदाताहरूले लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए। एक स्थानमा मतदान स्थगित भएको थियो । देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो। बिहीवार बिहानदेखि मतगणना सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्