Friday 21st of February 2020

किसान परिचयपत्र वितरण सुरु गर्ने कृषिमन्त्री खनालकाे भनाइ

कृषि तथा पशुपन्छी बिकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा आमूल सुधारका लागि यस बर्षदेखि किसान परिचयपत्रको वितरण सुरु गर्ने योजना रहेको बताए । जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर १ पकडीमा आयोजित मायादेवी माछा ब्लक सञ्चालक समितिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले सो जानकारी दिए ।

सो अवसरमा बोल्दै मन्त्री खनालले यस बर्ष कपिलवस्तुसहित ७ प्रदेशका सातै जिल्लामा किसान वर्गिकरण परिचयपत्र लागू गरिने जनाएको छ। परिचयपत्र वितरणले किसानको विवरण र वर्ग पहिचान हुनुका साथै किसानले परिचयपत्र अनुसारको किसान कल्याण कोषको शेयर पाउने उनको भनाइ थियो ।

किसानलाई ३ प्रतिशत ब्याजमा ऋण उपालब्ध गराउनुका साथै किसान कल्याण योजना अन्र्तगत किसानलाई पेन्सन उपलब्ध गराउन समेत परिचयपत्र सहयोगी हुने उनले विश्वास दिलाए । कार्यक्रमका लागि चालू बर्ष २५ करोड बिनियोजन गरिएको जनाउनुहुँदै ३ बर्षको अवधिमा कपिलवस्तुलाई माछाको सुपर जोनको रुपमा बिकास गर्ने योजना रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्