Wednesday 16th of October 2019

‘टाइमर’ मिलाउन नजान्दा १२ घण्टा अघि विष्फोट, एएम र पिएमले झुक्यायो

काठमाडौं । सोमबार बन्द सफल पार्न झिसमिसेमै विष्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार बिहान ४ः१५ मा विष्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विष्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकै पटक विष्फोट भएको थियो ।

वमको पड्किने टाइम एएम र पिएममा झुक्किदा चार जनाको ज्यान गएको छ । राजधानीका थप चार ठाउँमा बम भेटिएका छन ।

प्रतिक्रिया दिनुहोस्