Thursday 12th of December 2019

दुई हजारलाइ रोजगारी

काठमाडौं । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष १ हजार आठ सय ३२ जनाले रोजगारी पाउने भएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार बाँकेमा चालु आर्थिक वर्षमा ०७५/७६ भित्र बेरोजगारीको सूचिमा दर्ता भएकामध्ये एक हजार आठ सय ३२ जनालाई ३० दिन बराबरको रोजगारी दिने तयारी गरिएको छ ।

जिल्लाको वैजनाथमार र राप्तीसोनारीमा दुई सय २६, खजुरामा २ सय १२, डुडुवा र जानकीमा १ सय ४० तथा नरैनापुर गाउँपालिकामा एक सय २६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्