Tuesday 21st of January 2020

सरकार विप्लवलाई वार्तामा ल्याउन खोजिरहेको छैन् : कांग्रेस नेता सिटौला

विराटनगर । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताम ल्याउन नखोजिरहेको आरोप लगाएका छन् । मंगलबार प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले विप्लवलाई वार्तामा ल्याउन कुनै पहल नगरेको आरोप लगाएका हुन् ।

‘१० वर्षे सशस्त्र युद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपालीले अब कुनै किसिमको हिंसा सहन सक्दैन । तर सरकार किन विप्लव समूहलाई सहमतिमा ल्याउन खोजिरहेको छैन्’ उनको भनाइ थियो ।

विप्लव समूहले नयाँ ढंगले हिंसा र आतंक सुरु गरेको बताउँदै सरकारले वार्ता गर्नु वरुरी रहेको र घटना भइसकेपछि प्रतिक्रिया दिनुभन्दा वार्ताका लागि सरकारले पहल गर्न सरकारलाई सुझावसमेत दिएका छन्। उनले एक वर्षमा सरकारले कुनै प्रगति हासिल गर्न नसकेको दाबी गरे। त्यस्तै नेता सिटौलले संंवैधानिक व्यवस्थाहरुलाई मजदुब बनाउने बाटोमा सरकार हिँड्न नसकेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्