Tuesday 18th of February 2020

ड्युटीमा रहेकी सुरक्षाकर्मीमाथि पेट्रोल प्रहार : कांग्रेसद्वारा घोर विरोध

काठमाडौँ । चितवनको भरतपुर नगरपालिका–१२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्रमा ड्युटीमा कार्यरत सुरक्षाकर्मीमाथि पेट्रोल छर्किएको थियो । पेट्रोल छर्किएर उनी गम्भिर घाइते भएको घटना प्रति प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

ड्युटीमा कार्यरत खड्कामाथि गरेको अमानवीय कार्यको कांग्रेसले घोर विरोध गरेको हो ।
प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत उपचाररत सुरक्षाकर्मी कल्पना खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै
अक्रमणकारीलाई आवश्यक कानूनी कारवाही गर्न र पीडित सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्