Saturday 25th of January 2020

नेपाल प्रहरीमा फेरि एआइजीको दरबन्दी थप्ने तयारी

काठमाडौं । नेपाल प्रहरीमा पुनः एआइजीको दरबन्दी थप्ने तयारी सुरु भएको छ । डीआइजी मनोज न्यौपाने र सुरेशविक्रम शाहलाई एआइजी बढुवा गर्नका लागि एआइजीका दुई दरबन्दी थप्न तीव्र दौडधूप चलेको छ । एआइजीका दरबन्दी आवश्यक नभएकाले तीनवटामात्र कायम गरिएको थियो । अघिल्लो शेरबहादुर देउवाको सरकारले विशेष पद सृजना गर्दै एआइजीको संख्या १५ पु¥याएकोमा ब्यापक आलोचना भएको थियो ।

केपी शर्मा ओली सरकार गठन भएपछि एआइजीका दरबन्दी ३ मा झारेर सकारात्मक काम गरेको थियो । फेरि आवश्यकताका आधारमा भन्दा पनि ब्यक्तिका लागि दरबन्दी थपको चलखेल सुरु भएको टिप्पणी हुने गरेको छ ।

अपराध अनुसन्धान विभाग र कार्य विभागमा एआइजीको दरबन्दी भए पनि निमित्तले चलाउ“दैआएका छन् । एआइजीको दरबन्दी भएका यी दुई विभागका लागि पनि दरबन्दी थप हुनुपर्ने तर्क अगाडि सार्ने गरिएको छ । अपराध अनुसन्धान विभागका एआइजी पुस्कर कार्की एकेडेमीमा सरुवा गरेपछि डीआइजीले निमित्त प्रमुखका रुपमा छन् । अर्का एआइजी धिरु बस्नेतलाई दरबन्दी नै नभएको सुरक्षा परिषदमा थन्क्याइएको छ ।

गृहमन्त्री रामबहादुर थापा, सचिव प्रेमकुमार राई, आइजीपी सर्वेन्द्र खनालबीच पनि एआइजीका दुई दरबन्दी थप गर्नेबारेमा पटक पटक छलफल भएको स्रोतको दाबी छ । आइजीपी खनाल दरबन्दी थप्ने कुरामा सकारात्मक नदेखिए पनि पछिल्लो समयमा उनका निकट डीआइजी मनोज न्यौपानेका लागि उनी पनि लचिलो भएको गृह स्रोत बताउछ ।

र, पूर्वमाओवादी नेताहरु जनार्दन शर्मा, बर्षमान पुनहरु डीआइजी सुरेश शाहलाई बढुवा गर्नका लागि दरबन्दी थप्ने पक्षमा निरन्तर लागिरहेका छन् । मनोज न्यौपानेका पक्षमा आइजीपी खनाल त छ“दैछन्, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीका निकट नेताहरुलाई पनि उनले सकारात्मक बनाएको प्रहरी स्रोत बताउछ ।

आइजीपी खनाल आफ्नै ब्याचका एसएसपी वीरेन्द्र श्रेष्ठलाई डीआइजी बढुवा गर्न नसकेकोमा पश्चातापमा छन् । आफ्नै ब्याची श्रेष्ठलाई रिक्त एक डीआइजी पदमा बढुवा गर्ने पक्षमा भए पनि आइजीपी खनालले चौतर्फी दबाबमा परेर जुनियर एसएसपी विश्वराज पोखरेललाई बढुवा सिफारिस गर्नुपरेको थियो । जुन कदमपछि आइजीपी खनाल संगठनभित्रै आलोचित हुन पुगेका छन् ।

दुई एआइजीको दरबन्दी थप गर्दा श्रेष्ठलाई डीआइजी बढुवा गर्न सकिने भएकाले उनी सकारात्मक देखिएका छन् । दुई एआइजीको दरबन्दी थप गर्दा २ डीआइजी पनि खाली हुनेभएकाले वीरेन्द्र श्रेष्ठ र अर्का एक एसएसपीको बढुवा गर्न बाटो खुल्नेछ ।

त्यस्तै १ र २ नम्बर प्रदेशका डीआइजी क्रमशः केदार रिजाल र हरि पाल ३ नम्बर प्रदेशको चितवनस्थित भरतपुर महानगरपालिका–२२ पटिहानीमा २०७६ जेठ ११मा आयोजित पर्यटन प्रहरीको कार्यालय उद्घाटनमा आईजीपी खनालसंगै पुगेका थिए । यसरी ३ नम्बर प्रदेशमा भएको कार्यक्रममा १ र २ नम्बरका डीआइजी चाकरीका लागि गएको अर्थ लगाइएको छ ।
साँघु

प्रतिक्रिया दिनुहोस्