Thursday 23rd of January 2020

झापाबाट दुई होटल सञ्चालकसहित सात जना पक्राउ

झापा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा झापाबाट २ होटल सञ्चालकसहित ७ पक्राउ परेका छन् । विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सातै जनालाई आज जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पछिल्लो समय बिर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले छापा मारेको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्