Thursday 20th of February 2020

नगरबासीको समस्या बुझ्न प्रमुख उप प्रमुख स्थानीयको घर घरमा

गुलरिया । गुलरिया नगरपालिका वार्ड नं १ का स्थानीय बासिन्दाले वडा नं १ मा रहेको बेहना नालाले स्थानीय बसिन्दालाई दुख दिएको बताउदै नाला ब्यवस्थापन गर्न माग गरेका छन् । स्थानीय बासिन्दाको समस्या बुझ्न गुलरिया नगरपालिकाको वडा नं १ मा पुग्नु भएका गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादव र उप प्रमुख शुशिला गिरीलाई बर्षातको समयमा बेहना नालामा आएको पानीले खेतबालिमा लगाएको अन्नबाली बगाउने गरेको, वडामा रहेका शहकारीहरूलाई वडा कार्यालयले बेवास्ता गरेको, वडाले खरिद गरेको बिद्युत टान्सफरहरमा राजनितिकरण गरेको आरोप समेत लगाएका छन् ।

स्थानीयको समस्या बुझ्न स्थानीयको घरमानै पुग्नु भएका मेयर उप मेयर संग स्थानीयले वडामा रहेका विविध समस्यामा नगरले चासो राख्नु पर्ने माग समेत गरेका छन् । वडाले विभिन्न कामहरूमा राजनीति गरेको बताउदै आफुहरूलाई समस्या राख्ने ठाउँ समेत नभएकाले प्रमुख र उप प्रमुख समक्ष आफुहरूले समस्या राख्न पाएकोमा आफुहरू खुसी भएको स्थानीय बासिन्दा नन्दलाल सुवेदीले बताउनु भयो ।

स्थानीयको समस्या बुझ्न घर घरमा पुग्नु भएका गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले सधै नगरपालिका स्थानीयको बिकासमा लागेको बताउदै नगरबासीको बिकासमा नगरपालिका कहिल्यै नचुक्ने बताउनु भयो, उहाँले भन्नु भयो स्थानीयले उठाएका मागहरूमा हामी सकारात्मक छौ ।

उप-प्रमुख गिरीले वडामा निर्वाचित जनप्रतिनिधिहरूले राजनितिक विभेद गरेको स्थानीयले गुनासो गरेका कारण आफुहरू अहिले नगरका सवै वडामा पुग्ने कार्यक्रम तय भएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्