Friday 6th of December 2019

पहिरोमा पुरिएर एक महिलाको मृत्यु

रोल्पा । रोल्पामा वर्षाका कारण आएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा लुग्री गाउँपालिकाकी ४८ वर्षीया गौमाला माझी रहेकी छन् ।

गाउँपालिका कार्यालय नजिक घरमा बाहिर कुलेसो काट्दै गरेकी माझीको मृत्यु भएको हो । उनको घरसमेत पहिरोमा पुरिएको बताइएको छ । परिवारका अन्य सदस्य भने सकुशल रहेको बताइएको छ । पहिरोका कारण गाउँपालिकाको कार्यालयमा समेत क्षति पुगेको बताइएको छ । भुँइतलाको दुइवटै सटर पूर्णरूपमा पुरिएको छ ।

४ः३० बजे पुरिएकी महिला ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिए । अन्य क्षतिको विवरण भने आउँन बाँकी छ । सो क्षेत्र नजिकका सबै स्थानीयबासीलाई अझैँ बर्षाको सम्भावना रहेकाले पहिरो आउँन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्