Tuesday 31st of March 2020

नदिको ड्याममा सेनाका हवल्दारको शब फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाँउपालिका वडा नं २को मार्कीचोकस्थित मस्यार्ङदी नदिको ड्याममा नेपाली सेनामा कार्यरत एकको मृत लास फेला परेको छ ।

सोमबार विहान ८ः३० मा उक्त लास फेला परेको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए । फेला परेको मृत शरीर गोरखा जिल्लाको पालुङटार न.पा. ७ च्याङली घर भई गोरखा ठिमुरेश्वारास्थित रणसिङ दल गणमा कार्यरत आर्मी हवल्दार ईश्वर कुमालको रहेको लामिछानेले बताएका छन् ।

घटना के कसरी भयो सो बारे अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्