Tuesday 25th of June 2019

इन्टरनेश्नल लाइन्स क्लव ३२५ ए२ २०१९ र २० को लागि सयौ लायनले लिए तालिम

धुलिखेल । इन्टरनेश्नल लाइन्स क्लव ३२५ ए२ २०१९ र २० को लागि डिष्ट्रिक क्याविनेट अर्फीसरहरुको स्कुलीङ्ग भब्य रुपमा सम्पन्न भएको छ । जुलाई १ बाट डिष्ट्रिक गभर्नरमा लायन शोभा जोशीको कार्यकाल शुरु हुने छ ।

यो स्कुलीङ्ग लायन्स वर्ष २०१९ र २० को डिष्ट्रिक गभर्नर शोभा जोशीको कार्यसमितिका पदाधिकारीहरु, जोन चियर पर्सन, रिजन चियर पर्सन र एरिया चियर पर्सनहरुको लागि तालिम थियो । आगामि कार्यकालका लागि जोशीले सचिव, एडिशलन क्याविनेट सचिव द्धय र कोषाध्यक्ष र जोन चियर पर्सन ४८ जना, रिजन चियर पर्सन २४ जना र एरिया चियर पर्सनमा १२ को नियुक्ति गरि सकेकि छन । सचिवमा लायन दिनेश श्रेष्ठ, एडिशनल क्याविनेट सचिव द्धय भारत प्रसाई र निराजन अर्याल लगाएत नियुक्त भएका थिए भने कोषाध्यक्षमा लायन शम्भु थापा चयन भएका छन । उनीहरुको आगामि कार्यकालका लागि धुलिखेलमा यहि जेठ १७, १८ र १९ गते क्याविनेट स्कुलीङ्ग बैठक आयोजना गरिएको थियो ।

सो अवसरम लायन शोभा जोशीले आफ्नो फिलोसफि लभ, लर्न र लिडको बारेमा प्रष्ट पार्नु भएको थियो भने सो बैठकमा जीएमटी लायन मधुकर उपाध्याय र जीएलटी लायन विजु वज्रचार्य, जीएसटी लायन रुद्धहरी ज्ञावली, पिडिजी शिवराम प्रधान, पूर्व क्याविनेट सचिव लायन उत्तम झा, चिफ एडभाइजर लायन पंकज प्रधान, अन्तराषर््िटय १०० क्याम्पेनर पीमसीसी लायन क्यामुदिन र नवनियुक्त सचिव दिनेश श्रेष्ठले सहभागिहरुलाई तालिम दिनु भएको थियो ।

तामिलका सहभागिहरुलाई “लायन्स क्लवमा आउने सदस्यहरुलाइ कसरी टिकाइरहन सकिन्छ । क्लवमा समाजमा ख्याति कमाएका मानिसहरुलाई कसरी क्लवको सदस्य बनाउने, कसरी हामिले गरेका सामाजिक कामलाई सूचनाका रुपमा जनताहरु माझ लान सकिन्छ ।” भन्ने विषयहरुमा जीएलटी लायन मधुकर उपाध्यायले प्रकाश पार्नु भएको थियो । विदेशमा हुने तालिमका विषयमा लायन विजु वज्राचार्यले प्रकाश पार्नु भएको थियो ।
जिएमटी खगे्रन्द्र सिटौलाको प्रमुख आतिथ्यतामा बसेको बैठकमा २९ नया क्लव थप गर्ने प्रतिवद्धता समेत आएको छ । सो अवसरमा २७ हजार डलर सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्