Tuesday 31st of March 2020

तनहुँमा बढ्दै एचआईभी संक्रमित, संक्रमितको संख्या तीन सय नाघ्यो

दमौली । तनहुँमा एआईभी संक्रमितहरुको संख्या बढिरहेको स्वास्थ्य सम्बद्ध अधिकारीहरुले बताएका छन् । तनहुँ सदरमुकाम दमौली अस्पतालमा सम्पर्कमा आएर नियमित रुपमा औषधि सेवन गर्नेको सङख्या अहिले एक सय ९३ पुगेको छ । तर दमौली अस्पतालले निकालेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५-७६ मा तीन सय पाँच जना एचआईभी संक्रमित छन् ।

अस्पतालमा रहेको एचआइभी विरुद्धको उपचारसम्बन्धी शाखाले दिएको जानकारी अनुसार जिल्लामा एक सय ३२ महिला, एक सय ४६ पुरुष, एक जना तेस्रो लिङ्गी र १३-१३ जना बालबालिका रहेका छन् ।

केन्द्रकी ईन्चार्ज सुस्मिला खनालका अनुसार आर्थिक वर्ष २०७४-२०७५ मा दुई सय ८३ जनामा एचआइभी देदिएको थियो । जसमा एक सय २३ जना महिला, एक सय ३६ जना पुरुष, एक जना तेस्रो लिङ्गी , १३ जना बालक र ११ जना बालिका छन् ।

प्रतिक्रिया दिनुहोस्