Monday 27th of January 2020

जनप्रतिनिधिकै मिलेमतोमा जथाभावी चुरे र खोला दोहन

विराटनगर । मोरङको चुरे क्षेत्र, खोला तथा नदीबाट अवैधानिक रुपमा ढुंगा गिटी र नदीजन्य सामग्री दोहन भइरहँदा पनि अनुगमन गर्नुपर्ने निकाय चुप बसेका छन् ।

लेटाङ नगरपालिको १ र ६ मा पर्ने चुरे क्षेत्रबाट निर्वाध रुपमा ढुंगागिट्टी उत्खनन भइरहेको छ । लेटाङकै चिसाङ खोलाबाट तोकेको भन्दा तेब्बर बढी नदीजन्य सामग्री उत्खनन गरिएको छ ।

लेटाङको फडानी क्षेत्रबाट ६७ हजार घनमिटर ढुंगा गिट्टी उत्खनन गर्न अनुमति दिए पनि त्यसको दोब्बर परिणममा १ लाख ५७ घनमिटिर ढुंगा गिट्टी निकालिएको छ ।

यी त उदाहरणमात्रै हुन्, मोरङ जिल्लामा नदी तथा खोलाबाट प्रत्येक बर्ष गैर कानूनी रुपमा नदीजन्य पदार्थ यसैगरी उत्खनन हुने गरेका छन् ।

सरकारले असारदेखि ३ महिनाका लागि नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिबन्ध लगाउने गरेको छ । यो समय आउन एक साता बाँकी रहेका बेला ठेकदारले गैरकानूनी रुपमा जथाभावी रुपमा नदी उत्खनन गरी ढुंगा गिट्टी निकाल्ने कार्यलाई तीब्र पारेका छन् ।

नदी दोहन रोक्न स्थानीय जनप्रतिनिधिको समेत मिलेमतो रहेको स्थानीय वासिन्दाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्