Monday 27th of January 2020

बाल्टीकाे पानीमा डुबेर अचेत अवस्थामा भेटिइन् बालिका

दाङको तुलसीपुरमा ११ महिनाकी बालिका पानीमा डुवेर अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएकी छन् ।

तुलसीपुर उपमहानरपालिका वडा नं. १७ वनकट्टामा शुक्रवार ११ महिनाकी सुशिला चौधरी बाथरुमको रहेकाे बाल्टिनको पानीमा डुबी बेहोस भएपछि अस्पताल लगिएकाे हाे ।

अचेत अवस्थाकी बालिकाको हाल तुलसीपुरस्थित तुलसीवाल हस्पिटलमा आईसियूमा राखेर उपचार भइरहेकेको अस्पताल प्रशासनले जानकारी दिएको छ । क्रिमलाल चौधरीकी ११ महिने छोरी सुशीला बामे सर्दै घरको बाथरुमा रहेको बाल्टिङमा डुवेर बेहोस अवस्थामा फेला परेको आमा मिना चौधरीले बताइन् ।

हाल बालिकालाई आईसियूमा राखेर उपचार भइरहेको छ । बालिकाको अझै होस नखाएको तथा अवस्था चिन्ताजनक रहेको बालरोग विशषेज्ञ डा।किशोर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्