Sunday 23rd of February 2020

कालोपत्रे भएको मूल सडक नै बिक्री

धुलिखेल । जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ ।

साबिक धुलिखेल नगरपालिका–३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो ।
मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ ।

जग्गा बिक्री गर्ने मीना भैल, धुनपा–७ बखुन्डोलका लोकेन्द्र तोलांगे र उनकी श्रीमती सोनुलाई पक्राउ गरिएको अनुसन्धान अधिकृत समेत रहेका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए । उक्त जग्गा तीन पटक बिक्री भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्