Saturday 21st of September 2019

केटाले जस्तै आफ्ना ‘निप्पल’लाई स्वीकृत गर्न भन्दै मोडलहरूको नग्न आन्दोलन

काठमाडौं । महिलाका ‘निप्पल’लाई फेसबुक र इन्स्टाग्राममा निषेध गरिएपछि मोडलहरू त्यसविरुद्धको आन्दोलनमा उत्रिएका छन् । उनीहरू अमेरिकाको न्युयोर्क सहरमा गत आइतबार नग्न आन्दोलनमा उत्रिएका थिए ।

फेसबुक र इन्स्टामा केटाको निप्पललाई स्वीकृत गरिएको तर केटीको निप्पललाई अस्वीकृत गरिएको भन्दै नग्न आन्दोलन भएको थियो । यस्तो आन्दोलन कलाकार स्पेन्सर ट्युनिकको संयोजनमा केही केटा र केटीले नग्न प्रदर्शन गरे । उक्त प्रदर्शन तस्बिरसहितको थियो ।

यस्तो तस्बिरहरू उनीहरूले कलाकार ब्राभो इन्डी कोहेन, रेड हट चिल पत्रिकालगायतलाई मुफ्तमा दिइएको डेली मेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्