Thursday 19th of September 2019

शर्मा र लम्सालको ‘भेटियौ धन्न’ सार्वजनिक

काठमाडौं । लोक गायक चन्द्र शर्मा र गायिका कला लम्सालको युगल आवाजमा रहेको गीत ‘भेटियौ धन्न’ सार्वजनिक भएको छ । गीतकार एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीतमा विनोद बाजुरालीको एरेन्ज रहेको छ ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो बिन्ध्यवासिनी म्युजिक कम्पनीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । दुर्गा पौडेलले छायांकन रहेको भिडियोमा निर्देशक बिसी र गायिका कला लम्सालको अभिनय छ । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा माया प्रेमका लागि जोडी खोज्दै भौतारिएर हिड्ने युवायुवतीको विषयलाई देखाउन खोजिएको गायिका लम्सालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्