Thursday 19th of September 2019

प्रिमनसुनले छाडेन आकाश, अर्को साता मात्र मनसुन भित्रिने

काठमाडौं । नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो। तर, नेपालमा यसवर्ष एकहप्ता ढिला गरी मनसुन भित्रने मौसमविद्हरूको भनाइ छ। ‘मनसुन आउने क्रममा छ,’ मौसमविद मन्जु बासीले भनिन्, ‘मनसुनले भारतको केरला छोयो अब विस्तारै नेपाल भित्रनेछ।’

मनसुनअघि सक्रिय बनेको प्रिमनसुनले भने आकाश छाडेको छैन। प्रिमनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ। तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुनेछ।

‘अझ छ दिनजति लाग्छ नेपालमा मनसुन आउन,’ अर्का मौसमविद समिर श्रेष्ठले थपे, ‘सुरुमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्यक्षेत्रमा मनसुन पस्छ।’

प्रतिक्रिया दिनुहोस्