Thursday 19th of September 2019

मेकअप बिनाकी अभिनेत्री करिना कपुर

एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर खानले इन्स्टाग्राममा फोटो राखेसँगै निकै चर्चामा आएकी छन् । यो तस्बिरमा करिना बिना मेकअप देखिएकी छिन् । हुन त उनी मेकअप बिना पनि निकै राम्री देखिएकी छिन् । तस्बिर राखेसँगै मानिसहरुले उनी माथि विभिन्न टिप्पणी गरिरहेका छन् ।

हुसैनले त उनलाई ‘डेड बडी’ समेत भन्न भ्याए । हुसेनले लेखे, ‘करिना गार्डनमा डेड बडीजस्तै देखिरहेकी छिन् ।’ एक प्रयोगकर्ताले शुद्ध हिन्दीमा लेखे, ‘बुढी देखिरहेको छौ’ । कतिले करिनालाई राम्रो कपडा लगाउन पनि सल्लाह दिइरहेका छन् । सकरात्मक भन्दा नकरात्मक टिप्पणीहरु धेरै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्