Thursday 23rd of January 2020

सिलगढी नगरपालिकाबाट १५ बालश्रमिकको उद्दार

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरलाई बालश्रम मुक्त बनाउने अभियानलाई तीब्रता दिएको छ । अभियानको क्रममा शुक्रबार थप १५ जना बालश्रमिकलाई उद्दार गरिएको हो ।

नगर क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुका घरमा काम गरिरहेका उनीहरुलाई उद्दार गरेर सिलगढी–६ मा रहेको शैलेश्वरी एकेडेमीमा भर्ना गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए ।

बालबालिका, अभिभावक र बालश्रमिक राख्ने मालिकबीच भएको लामो अन्तरक्रियापछि श्रमिक बालबालिकालाई विद्यालय भर्ना गर्ने सहमति भएको थियो ।

त्यस्ता बालबालिकाको पढाइको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने पनि जनाइएको छ । शैलेश्वरी एकेडेमीलाई प्रति विद्यार्थी मासिक ५ हजार ७ सय ५० रुपैयाँका दरले नगरपालिकाले एकमुष्ठ रकम उपलब्ध गराउने सम्झौता भएको जोशी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्