Thursday 19th of September 2019

अधिकतम गति तोकियो

भक्तपुर । अत्याधिक दुर्घटना बढेपछि मनोहरापुल–साँगाचोक सडकखण्डमा सवारीको अधिकतम गति तोकिएको छ । सो सडक खण्डमा अत्यधिक दुर्घटना बढेको भन्दै अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा तोकिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधानका अनुसार मनोहरा पुलदेखि साँगा चोकको मुख्य ट्रयाकमा सवारी गुडाउनेले अधिकतम ५० को गतिमा गुडाउनु पर्नेछ । उक्त नियम असार १ गतेबाट लागू गरिने भएको छ । मनोहरा–सूर्यविनायक–साँगा चोक सडकमा गुड्ने सवारीले ५० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी गुडाउनुपर्नेछ । सवारीको गति जाँचका लागि रडारगन र लेजरगनको प्रयोग हुने भएको छ । ‘हामीले रडारगन, लेजरगन ल्याएर गति जाँच गर्ने छौँ,’ उनले भने,‘तोकिएको भन्दा बढी गतिमा सवारी गुडाए तत्काल कारबाही गरिनेछ ।’

तोकिएको गतिभन्दा बढी गतिमा सवारी साधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ । उक्त दफामा चालक अनुमतिपत्र, बाटो इजाजतपत्र (रुट परमिट) वा यातायात सञ्चालन अनुमतिपत्र खारेज गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्