Tuesday 25th of June 2019

ट्राफिक प्रहरीसंग घुस लिनेको कनेक्सन

पोखरा । सवारी अनुमतिपत्र (लाइसेन्स) बितरणमा यातायात कार्यालय र कास्की ट्राफिक प्रहरीको सेटिङ हुने गरेको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकीबाट लाइसेन्स बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै ४० हजार घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले २०७६ जेठ १३ मा हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्रप्रसाद काफ्ले पक्राउ गरेपछि अरु तथ्य खुल्न थालेका छन् ।

लामिछाने र काफ्ले पक्राउपछि अख्तियारको अनुसन्धानमा उनीहरुको कनेक्सन यातायात कार्यालयका कर्मचारीसंग मात्र होइन, ट्राफिक प्रहरी कार्यालय कास्कीका असई केशर मल्लसंग पनि देखिएको छ ।

असई मल्लले २ वटा मोवाइल बोक्ने गरेको र एउटा मोवाइलमा लामिछाने र काफ्लेको बाक्लो कनेसक्न देखिएको स्रोतले बताएको छ । यातायात कार्यालयका कर्मचारीसंगको सेटिङमा लाइसेन्स लिने सेवाग्राहीसंग घुस लिने बिचौलिया लामिछाने र काफ्लेको कनेक्सन देखिएपछि मल्ल पनि छानबिनमा आउने संभावना छ । मल्ल ९ बर्षदेखि कास्की ट्राफिक प्रहरीमा कार्यरत छन् ।

साँघुका अनुसार लाइसेन्सका बिचौलिया ड्राइभिङ इन्ष्टिच्यूटहरुसंग पनि उनको कनेक्सनबारे अख्तियारले खोजी गरिरहेको छ । असई मल्ललाई कार्यालय प्रमुख मुरारी मिश्रले नै पोष्टमा खटाउनेदेखि लाइसेन्समा असुली गर्न खटाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्